आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै मधेसी मोर्चाले भन्यो,‘संविधान जलाउँछौं’

52

काठमाडौं, भदौ ३१

मधेसको मुद्दा सुनुवाइ नगरेको भन्दै आन्दोलनरत मधेसी मोर्चाले एक विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

असोज ३ गते मुखमा कालोपट्टी बाँधी कालो झण्डा लिएर मौन जुलुस प्रदर्शन गर्ने र सोही दिन बेलुका ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने, त्यस्तै असोज ४ गते सदरमुकाममा विशाल प्रदर्शनको आयोजना गरी विरोध स्वरुप संविधान जलाउने निर्णयसमेत गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख गरिएको छ,‘ संविधानप्रति असहमत रहेका र संविधान निर्माणको प्रक्रियाबाट बाहिर रहेका परिवर्तनकारी शक्तिसँग सहकार्य गर्दै आन्दोलनलाई अघि बढाउँछौं ।’ मोर्चाले गरेको आन्दोलनमा राज्यले फाँसीवादी चरित्र प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख गर्दै आन्दोलनमा मृत्यु भएका प्रति श्रद्धाञ्जली दिँदै घाइतेको शीघ्र लाभको कामना गरेको छ ।  मोर्चाको बैठकले आन्दोलन जारी रहे पनि सरकारसँग वार्ताको ढोका खुला राखेको जानकारी दिएको छ ।

Pressnote-of-Madhesi-Morcha

Womui
Womui