पेस्तोलसहित एक पक्राउ

62

सिरहा, भदौ ३१–
सिरहामा स्वचालित पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल चढेर सिरहातर्फ जादै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित पक्राउ गरेको हो । सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा गएराति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ गरिएको हो । युवकको नाम खुल्न सकेको छैन ।

Womui
Womui