डिभिडी भिडियो सार्वजनिक गर्दै सनीले दिइन कसरत सम्बन्धी टिप्स(भिडियोसहित)

170

एजेन्सी(मुम्बई), भदौ ३१

sunnyबलिउडकी बेबी डाँल सनी लियोनी राम्री मात्र नभएर उनलाई राम्रो फिगर भएकी महिला भनेर पनि चिनिन्छ । उनले आफ्नो फिगरलाई मेन्टन गर्न कडा कसरत पनि गर्छिन् । मानिसले आफ्नो शरीरलाई कसरी मेन्टनमा राख्ने भन्ने विषयमा हालै डिभिडी भिडियो सार्वजनिक गरेकी छन् । जसको नाम ‘सुपर हाँट सनी माँर्निग्स’ राखिएको छ । यसमा सनीले शरीरलाई मेन्टनमा राख्नका लागि केही उपाय दिएकीछिन् । उनले सार्वजनिक गरेको डिभिडी भिडियोमा विभिन्न किसिमले कसरत गरिरहेको देखिन्छ। यस भिडियोमा गीतमा आवाज दर्शन रावल र रिमी निकले दिएको छन् भने डिभिडीको प्रारूप चर्चित फिटनेस गुरू मिक्की मेहेताले तयार पारेका हुन्।

सार्वजनिक गरिएको डिभिडीमा सन्नीले वर्कआउट कसरी गर्ने भन्ने अलावा घरभित्रै गर्न सकिने कसरतका महत्वबारे कुरा गरेकी छिन्। उनको त्यो डिभिडी सबै उमेरसमूहका महिला तथा पुरुषका लागि उपयूक्त हुने बताइएको छ।

Womui
Womui