ओमिक्रोनको संक्रमण रोकथाम र पूर्ण कोरोना खोप अभियानको लागि समन्वयात्मक छलफल

45

धनगढी– कैलालीको धनगढी उप–महानरगपालिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोकथाम तथा पुर्ण खोप अभियानको लागि समन्वयात्मक छलफल भएको छ । मंगलबार नगरप्रमुख नृप वडसंग युनिसेफ र बागेश्वरी असल शासन क्लब (बास) नेपालको समन्वयात्मक छलफल भएको हो ।

उक्त छलफलमा भारतसंग सिमा जोडिएको धनगढीलाई कसरी ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोप युक्त नगरपालिका घोषणाको लागि अभियानलाई तिव्रता दिने बिषयमा छलफल भएको छ । छलफलमा युनिसेफ नेपालका कार्यक्रम अधिकृत प्रकाश आचार्यले ओमिक्रोनको संक्रमण रोकथाम तथा न्युनिकरण र पुर्ण कोरोना खोप अभियानको लागि युनिसेफ नेपालको तर्फबाट गरिहेको काम र आगामी दिनमा गर्न सकिने कार्य योजनाको बिषयमा जानकारी गराएका थिए । उनले सञ्चार क्षेत्रमा गर्न सकिने काम पोस्टर पम्पलेट र अनिवार्य मास्क अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

यस्तै बास नेपालको तर्फबाट कार्यक्रम अधिकृत गणेश मौनिले ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासंग समन्वय गरेर अगाडी बढ्ने, स्वयमसेवक परिचालन गर्ने, अनिवार्य मास्क अभियान, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने जनचेतना लगायतका बिषयमा काम गर्न सकिने बताए । यस्तै धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोप युक्त नगरपालिका घोषणाका लागि अभियानलाई तिव्रता दिन आवश्यक सहयोग र समन्वय गर्ने समेत धारणा राखे । नगर प्रमुख वडले सहकार्य र समन्वयलाई निरन्तरता दिदै ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण र पुर्ण कोरोना खोपयुक्त नगरपालिका अभियानका लागि सहयोग गर्नुपर्ने धारणा राखे ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको र कोरोनाको जोखिम अझै बढ्न सक्ने भन्दै नगर प्रमुख वडले सबै प्रकारका सहयोगको आवश्यक रहेको बताए । पुर्ण कोरोना खोप अभियानका लागि प्रत्येक वडामा स्वयमसेवक परिचालन, सार्वजनिक तथा भिडभाड हुने ठाउँमा सन्देश मुलक ब्यानर राख्ने, स्वास्थ्य स्वमसेविकाहरु परिचालन गर्ने, सञ्चार माध्यममा सुचना सन्देश तथा जनचेतना मुलक कार्यक्रमहरु प्रसारण गर्न सकिने धारणा राखे ।

Womui
Womui