विपन्न वर्गका बालबालिकालाई शैक्षिक सामग्री वितरण

55

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिका वडा नं. ३ का विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरीएको छ । बागेश्वरी सामुदायिक वन उपभोक्ता समुहले समूहका उपभोक्ताका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विपन्न बालबालिकाहरुलाई एक÷एक जोर विद्यालय पोशाक र बालविकास केन्द्र साइपुरलाई अक्षर बत्ती, खेलकुदका सामाग्री वितरण गरिएको समूहका अध्यक्ष जोगिलाल थारुले जानकारी दिए । मंगलबार एक कार्यक्रमको आयोजना गरी २३ जना समूहका विपन्न बालबालिकालाई समूहको आर्थिक सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै सामुदायिक वनले विपन्न बालबालिकाहरुलाई थप सहयोग गरेको हो । यस अघि समूहले राप्ती सोनारी वडा नं. ३ भित्र रहेका गणेश आ.वि. खैरेनी, जनज्योति प्रा.वि. नारायणपुरमा अध्ययनरत १५० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको र २ वटै विद्यालयलाई आर्थिक सहयोग गरेको समूहका अध्यक्ष जोगिलाल थारुले जानकारी दिए ।

Womui
Womui