बाँकेको बेतहनीमा झडप, आठ जना घाईते

33

नेपालगन्ज, भदौ ३०–
बाँकेको बेतहनीमा दुई पक्षबीच भएको झडपमा ८ जना घाईते भएका छन् । बेतहनी गाविस वडा नम्बर ४ मा स्थानीय बासिन्दाबीच बुधबार बेलुका पौने ७ बजे सामान्य विवादमा झडप भएको हो । झडपमा परी एक पक्षका ३ जना र अर्को पक्षका ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाईतेको नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घाईतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘घटनाको विस्तृत कुरा बुझ्दैछौ, घाईतेलाई भेरी अञ्चल अस्पतालमा ल्याएर बुझ्ने काम हुदैछ,’ एक प्रहरीले भने । घाईते मध्य ३ जनाको अवस्था गम्भिर छ । दुई महिला पनि सख्त घाईते छन् । यद्यपी एक स्थानीय बासिन्दले छिनछिन खबरलाई दिएको जानकारी अनुसार कान्ता अहिरको समुहले नन्कु अहिरको परिवारलाई कुटपिट गरेपछि झडप सुरु भएको बताइएको छ ।

पुरानो रिसिबीका कारण बिबाद सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । एक स्थानीयले भने, ‘कान्ता अहिर अपराधिक पृष्ठभुमिको व्यक्ति हो, निम्न वर्गिय नन्कुको परिवार माथि पुरानो रिसिवी साध्न सुरुमा कुटपिट गरेको हो ।’ बेतहनी प्रहरीले घटनामा संलग्न व्यक्तिलाई संरक्षणमा राखेको स्थानीयले बताएका छन् ।

Womui
Womui