बिद्युत लोडसेडिङ विरुद्ध ज्ञापन पत्र

28

नेपालगन्ज, भदौ ३०–
घण्टौ समय सम्म लोडसेडिङ नगर्न माग गर्दै बुधबार बिद्युत उपभोक्ता संघर्ष समिति बाँकेले बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ । संर्घष समितिका अध्यक्ष ईरफान शेखले प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका निमित्त प्रमुख केशरबहादुर ठाडालाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा विद्युत नियमित रुपमा वितरण गर्नुपर्ने, भारतबाट विद्युत सप्लाई नभएको खण्डमा नेपालको विद्युत लाईन नियमित रुपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, भारतबाट ल्याइएको विद्युत कम भएमा नेपालको विद्युत लाईन थप गर्नुपर्ने लगायतका मागहरु अघि सारिएको छ ।

सो अवसरमा बोल्दै संघर्ष समितिका अध्यक्ष शेखले मागलाई चाडै सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए । वितरण केन्द्रका निमित्त प्रमुख ठाडाले सिस्टममा खराबी आएपछि राष्ट्रिय प्रशारण लाईनबाट बिद्युत नियमित रुपमा आउन छाडेको र भारतबाट आयात गरिएको बिद्युत अपुग हुने गरेको बताए ।

Womui
Womui