राप्ती सोनारीका किसानलाई आलुको बीउ वितरण

220

शमशेरगन्ज– बाँकेको राप्ती सोनारी गाउँ पालिकाले आलु खेती गर्ने किसानका लागि उन्नत जातका बीउ वितरण गरेको छ । किसानलाई व्यावसायीक बनाउने उदेश्यका साथ आलुको उत्पादन बढाउन हौसला स्वरूप उन्नत जातका बीउ वितरण गरिएको कृषि शाखाका प्रमुख चन्द्रा शाहीले जानकारी दिइन् ।

राप्ती सोनारीका अधिकांश तरकारी उत्पादन क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेकाले पनि यसलाई विशेष जोड दिईएको शाखा प्रमुख शाहीले बताइन् । बर्सेनि राप्ती सोनारिका किसानहरूले लाखौं बराबरको आलु उत्पादन गर्ने र बिक्री वितरण गर्ने भएकाले आलु खेतीको सम्भावनालाई मध्यनजर गर्दै किसान सहयोगी कार्यक्रम ल्याइएको गाउँपालिकामा उपाध्यक्ष धनी कुमारी खत्रीले जानकारी दिइन् । जस अन्तर्गत उन्नत आलुको बीउ ४६ क्विन्टल वितरण गरिएको छ भने व्यावसायीक किसानहरुलाई आलुको बिउ समेत बितरण गरिएको कृषि शाखाले जनाएको छ ।

बीउ अन्तर्गत ४ हजार ९ सय ५० विलियस दाना, ५ ग्रामको १ सय ९६ प्याकेट टिपियस बितरण गरिएको कृषि शाखा प्रमुख शाहीले जानकारी दिइन् । आलुको उत्पादन राम्रो हुने स्थानहरूमा बिउ प्रदान गरिएको शाखाले जनाएको छ । यसपालि आलु लगाउने किसानले आलुको उत्पादन गत वर्ष भन्दा घट्न सक्ने अनुमान गरेका छन् । आलु लगाउने खेतमा लामो समयसम्म पानी जमेकाले समयमै लगाउन नपाउँदा उत्पादनमा असर गर्ने हुँदा किसान अहिले देखि चिन्तामा छन् । कृषि शाखा प्रमुख शाहीले आलु लगाउने समय अझै बाँकी नै रहेकाले चिन्ता लिन नपर्ने उल्लेख गरिन् । किसानका माग अनुसार नै गाउँपालिकाको कृषि शाखाले सेवा प्रदान गरिरहेको शाहीको भनाइ छ । शाखाले तरकारीका बीउहरू पनि किसानलाई निःशुल्क वितरण गरेको जनाएको छ ।

Womui
Womui