बर्दियाबाट ९ जुवाडे पक्राउ

40

नेपालगन्ज– जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार बिहान बर्दियाको गुलरियाबाट जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले सोमबार बिहान २ः५५ बजेको समयमा गुलरिया नगरपालिका वडा नम्बर ७, गुलरियागाउँ स्थित रमेश यादवको घरबाट जुवातास खेलिरहेको अवस्थामा जुवा खेलाउने घर धनिसहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी रमेश यादव, गुलरिया ३ का रतिराम चौधरी, ७ का श्यामु यादव, ४ का गुमान बहादुर मल्ल, १० का तेज कुमार चौधरी, मधुवन ८ का सुरेश वली, सोही ठेगानाका टेकेन्द्र साउद, ९ का नारायण क्षेत्री र ७ का पदम बहादुर सुनार रहेका छन ।
प्रहरीले उनीहरुको साथबाट १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ नगद र तास बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले जनाएको छ ।

Womui
Womui