संस्कृति संरक्षणका लागि पालिका सहयोग गर्न तयार छः अध्यक्ष थारु

99

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले थारु संस्कृतिलाई अब व्यवसायीकरण हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुर मैटहवामा दशैं, दीपावली, छठपर्व र मोहम्मद डे मिलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिक अध्यक्ष लाहुराम थारुले लोप हुँदै गइरहेको कुनै पनि समुदायको संस्कृति संरक्षणका लागि आफूले गाउँपालिकाबाट सहयोग गर्दै आएको बताए । उनले अन्य पालिकाले पनि पुराना लोप हुनै लागेका संस्कृति संरक्षणका लागि सहयोग गर्नुपर्ने धारण राखे ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले थारु समुदायको लोप हुँदै गएको थारु संस्कृति संरक्षण तथा प्रदर्शन प्रर्बद्घनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । थारु कल्याणकारिणी सभा बाँके र मैटहवा युवा क्लावको आयोजनामा आइतबार र सोमबार दुई दिन सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा पर्ब मिलन कार्यक्रमसंगै थारु संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको मैटहवा युवा क्लाबका अध्यक्ष श्याम कुमार थारुले बताए । कार्यक्रममा लोप हँुदै गएको पुराना थारु नाचहरु पनि प्रदर्शन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा थारु कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए । साथै थारु समुदायका स्थानीय नाच पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

Womui
Womui