सुर्खेतमा बम बिस्फोट

46

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा बेवारिसे बम पट्किदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा गुराँस गाउँपालिका–६, दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर–७, ईत्राममा बस्दै आएकी २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेको स्थानीय देउती नर्सिङ होममा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (प्रहरी उपरीक्षक) माधव श्रेष्ठले जानकारी दिए । उनले शुक्रबार बिहान कट्कुवा सामुदायिक वनमा घाँस काट्दै गर्दा बेवारिसे बम पड्केर उनीहरू सामान्य घाइते भएको बताए । जङ्गलमा बेवारिसे पड्किएका बमहरू पुराना हुन वा कसैले नयाँ राखेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Womui
Womui