डुडुवामा दोस्रो चरणको घरदैलो घटना दर्ता अभियान सुरु

51

डुडुवा (बाँके)–बाँके डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तीगत घटना दर्ता प्रमाणपत्र वितरणको दोस्रो चरणको अभियान सुरु गरेको छ । बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको वडा नं.२ सन्तलिया गाउँका पाटनदिन बर्माको छोरीको जन्मदर्ता प्रमाणपत्रको विवरण संकलन फारम प्रदान गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।

अभियानको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ताको विवरण संकलन शुरु गरिएको बताए । घरदैलो अभियानमार्फत विवरण संकलन गरेर अनलाइनमा दर्ता गरि पुनः प्रमाणपत्र बनाएर घर घरमा पुगेर वितरण शुरु गरिने गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख एम आइ एस अपरेटर कौशल कुमार कैरातीले बताए ।

गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घर घरमा पुगेर घटना दर्ताको विवरण संकलन गरि गर्न थालिएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्र्तगत डुडुवा गाउँपालिकाद्धारा व्यक्तीगत घटना दर्ताको दोस्रो चरणको अभियान शुरु गरिएको हो ।

गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म घरदैलो अभियान अन्र्तगत विवरण संकलनका लागि वडा सचिवसहितको करिब २७ जना जनशक्ति परिचालन गरि गरिएको छ । घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराइ लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गर्ने घटना दर्ताका फोकल पर्सन वडासचिव शिवकुमार मौर्यले जानकारी दिए । उनका अनुसार विवरण संकलन गर्ने टोलीले नागरिकता नलिएका नागरिकहरुको अनुसुचि फारम भर्ने, फोटो खिच्ने कार्य पनि गर्नेछ ।

Womui
Womui