पालिका अध्यक्ष थारुको घरमा टीका लगाउनेको घुइँचो

184

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको घरमा शुक्रबार दशै‌को टिका लगाउनेको घुइँचो लागेको थियो । अध्यक्ष थारुको घरमा आफन्त, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणको विजया दशमीको टिका लगाउन घुइँचो लागेको हो ।

दसैँ टिका लगाउन नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारु, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा अध्यक्ष गंगाराम थारुलगायत नेपालगन्ज, कोहलपुर र राप्ती सोनारी गाउँपालिका क्षेत्रभित्रका व्यक्ति अध्यक्ष थारुको घरमा पुगेका थिए ।

शुक्रबार ७७ वर्षीया आमा माइती थारुबाट टिका ग्रहण गरेपश्चात् अध्यक्ष थाले आफन्त, शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्ता र सर्बसाधारणलाई टिका लगाउन सुरु गरेका थिए । टिका लगाउने कार्यक्रम अबेर साँझसम्म चलेको टिका ग्रहण गर्न पुगेका हाइवे पोस्ट राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक खड्क खत्रीले बताए ।
सो अवधिमा ६ सय जनालाई दसैं टिका लगाइदिएको अध्यक्ष थारुले बताएका छन् । उनले भने,‘ टिका लगाउँदा लगाउँदै दिन बित्यो । यो अवधिकमा करिब ६ सय जनालाई दशै‌को टिका लगाइदिएँ ।’
अध्यक्ष थारु नेपाली कांग्रेसबाट पालिकाको अध्यक्षमा जितेका लोकप्रिय एवम् विकास प्रेमीको छवि बनाएका नेता हुन् ।

Womui
Womui