पूजा सामग्री खरिद एवम् भण्डाराका लागि पालिकाले गर्‍यो सहयोग

46

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले पूजा सामग्री खरिद एवम् भण्डाराका लागि आर्थिक सहयोग गरेको छ । नवदुर्गा माताको मूर्ति स्थापना गरिएका ४० वढी ठाउँमा पालिकाका अध्यक्ष लाहुराम थारुले त्यहीँ गएर सहयोग हस्तान्तरण गरेका हुन् ।

पालिकाले जसरी शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माणलाई प्राथमिकतासाथ लिएको छ त्यसरी नै धार्मिक कार्यलाई पनि विशेष प्राथमिकतामा राखेको अध्यक्ष लाहुराम थारुले बताए ।

दुर्गा मन्दिरहरुमा नौ दिनसम्म दुर्गाको पूजा गरिने चलन रहेको छ भने स्थानीयबासीहरुले आफ्नै गाउँटोलमा समेत दुर्गा माताको मूर्ति स्थापना गरी पूजा गर्ने गरेका छन्। उक्त अवसरमा पूजा आजामा आवश्यक पूजा सामग्री र आउने भक्तजनका लागि गरिने भण्डारका लागि हुने खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले ५ हजार रुपैयाँका दरले पालिकाले सहयोग गरेको अध्यक्ष थारुले बताए ।

अध्यक्ष थारुले प्रिप्रवा, देवपुरा, नन्कौपुर, खल्लाझ गडियाफरेदा, उच्चा झगडिया, कोरिसैयापुर भरथा, गेदवा, बसन्तापुरलगायत विभिन्न गाउँमा समितिका पदाधिकारीलाई आर्थिक सहयोग हस्तान्तरण गरी सबै भक्तजन र वडावासीमा शुभकामना आदानप्रदानसमेत गरेका छन् ।

दशैको अवसरमा नवदुर्गा भगवानको मूर्ति स्थापना गरी दुर्गा मन्दिरहरुमा नौ दिनसम्म पूजा गरिने चलन रहेको छ भने स्थानीयबासीहरुले आफ्नै गाउँटोलमा दुर्गा माताको मूर्ति स्थापना गरी पूजा गर्ने गरेका छन्।

Womui
Womui