मन्त्री हमाललाई बाँकेमा स्वागत

80

नेपालगन्ज– लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई बाँकेको राप्तीसोनारी गाउँपालिकामा स्वागत गरिएको छ । मन्त्री नियुक्त भएपछि उनी पहिलो पटक गृह जिल्ला आएका हुन् । उनलाई गाउँपालिका अध्यक्ष लाहुराम थारुलगायत शुभेच्छु तथा नेपाली कांग्रेसका नेता, कार्यकर्ताले स्वागतसँगै बधाई दिएका थिए ।

सो क्रममा मन्त्री हमाल र गाउँपालिका अध्यक्ष बीच पालिकाको विकास निर्माणका विषयमा छलफल भएको थियो । मन्त्री हमालले वन, वातावरण तथा भूसंरक्षणका क्षेत्रमा आइपर्ने समस्यालाई पहिलो प्राथमिकता दिएर विकास निर्माणमा अघि बढ्ने बताएका थिए । त्यस्तै स्थलमार्ग हुदै गृह जिल्ला आएका हमाललाई बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, अगैया, कोहलपुर, हवल्दारपुर, राँझा र नेपालगन्जमा सोमबार भब्य रुपले स्वागत गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा-२ (ख) बाट निर्वाचित भएका थिए ।

Womui
Womui