पालिकाको लगानीमा शिव मन्दिर र ज्येष्ठ नागरिक भवन निर्माण

79

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सोमबार राप्ती सोनारी वडा नम्बर ८ मा अवस्थित शिव मन्दिर तथा ज्येष्ठ नागरिक भवनको उद्घाटन गरेका छन् । मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका अध्यक्ष थारुले राप्ती सोनारीलाई सांस्कृतिक, धार्मिक, बहुभाषिक सम्पदाहरुको संरक्षण र संवद्र्धनको आवश्यकता रहेको औंल्याए ।
‘सम्पदा संरक्षण मानव सभ्यता विकासको प्रतीक हो,’ उनले भने । गाउँपालिकाले धार्मिक पर्यटन क्षेत्रमा उल्लेखनीय बजेट विनियोजन गरिएको अध्यक्ष थारुले बताए । राप्ती सोनारी गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य कार्यलाई सँगसँगै अगाडि बढाइरहेको स्पष्ट पार्दै धार्मिक सम्पदा निर्माणमा हेलचेक्याइँ गर्न नहुने विचार व्यक्त गरे । हिन्दू सनातन धर्मको रक्षाका लागि सबै एक भएर लाग्न अनुरोध गर्दै स्थानीयवासीहरुको सक्रियतामा मन्दिर निर्माण हुन प्रशंसायोग्य कार्य भएको अध्यक्ष थारुले बताए ।
कार्यक्रममा बोल्दै राप्ती सोनारी वडा नम्बर ८ का वडाध्यक्ष खुम बहादुर बस्नेतले मन्दिर क्षेत्रमा थप पूर्वाधार निर्माणको खाँचो रहेको बताए । उनले भने, ‘पर्यटकलाई लोभ्याउन मन्दिरको छेउछाउ थप पूर्वाधारको निर्माण गर्न सके आकर्षण पनि देखिने वडाध्यक्ष बस्नेतले बताए । धार्मिक पर्यटकलाई आकर्षण गर्न यस मन्दिरले थप सहयोग पुग्ने वडाध्यक्ष बस्नेतले बताए ।

गाउँपालिकाको १३ लाख लागतमा शिव मन्दिर निर्माण गरिएको हो भने वडा कार्यालयको १३ लाख लगानीमा ज्येष्ठ नागरिक मिलन भवन निर्माण भएको जनाइएको छ । उद्घाटन कार्यक्रममा मन्दिर निमार्णमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । गणेश मन्दिर संचालक समितिका अध्यक्ष झुप बहादुर विष्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष झुपलाल बिस्टको सभापतित्वमा आयोजित मन्दिर उद्घाटन कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, गुरुजी सन्त श्री माधवराज महाराज, माता रेणु सखी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल शिक्षक महासंघ राप्ती सोनारीका अध्यक्ष मोहन खनाल, पुर्ब प्रधानपञ्च रतिराम थारु, वन तथा वातावरण समन्वय समितीका अध्यक्ष तुलाराम खत्री, समाजसेवी बहादुर केसी लगायतको सहभागीता रहेको थियो ।

Womui
Womui