मूल महन्थले गरे पत्रकारलाई दुव्र्यवहार

40

नेपालगन्ज– नेपालगन्जको बागेश्वरी मन्दिरका मूल महन्थ चन्दनाथ योगीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । समाचार संकलनका लागि मन्दिर परिसरमा पुगेका पत्रकार जीवन पाण्डे (जे. पाण्डे) र सविता जिसीलाई मूल महन्थ योगीले दुव्र्यवहार गरेका हुन् । मन्दिर परिसरमा पूजाआजा गर्न आएका भक्तजनहरूसँग टिभी रिपोर्टका लागि कुराकानी गर्ने क्रममा पत्रकार द्वयमाथि पुजारी योगीसहित अन्य ५ जनाको समूहले आक्रमणको समेत प्रयास गरेको थियो ।

पुजारीहरूको समूहले आक्रमणको प्रयास गर्दै पाण्डेको क्यामेरा फुटाउन खोज्नुका साथै क्यामेराको तार समेत चुँडाउन खोजेको पत्रकार पाण्डेले बताएका छन् । मूल महन्थ योगीले पत्रकारहरूलाई बिनाकारण मन्दिर परिसरमा फोटो र भिडियो लिनबाट रोक लगाउँदै आएका छन् । दशैंका अवसरमा समाचार संकलनका लागि मन्दिर परिसरमा पुगेका पत्रकारमाथि आक्रोशित हुँदै महन्थ योगीले सञ्चार माध्यमले मन्दिरको प्रचार–प्रसार गर्न जरुरी नभएको बताएका थिए । साथै योगीले पत्रकार पेशाप्रति अवान्छित लान्छना पनि लगाएको कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादकसमेत रहेका पीडित पत्रकार जे पाण्डेले बताएका छन् ।
पत्रकारद्वयमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्दिरका मुख्य महन्त चन्दननाथ योगीले गरेको दुव्र्यवहारको निन्दा गरेको हो ।

Womui
Womui