जुनसुकै प्रदेश गए पनि नागरिकको हक समान

144

काठमाडौं, भदौ ३०

देशमा सीमाङ्कन हुने प्रदेशमा जुनसुकै प्रेदशको नागरिक भए पनि उसले समान हक पाउने भएका छन् । संविधानको परिमार्जित विद्येयकको धारा २३३को उपधारा ३ मा एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा व्यवहार र सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो ।

 

प्रदेश–प्रदेश बीचको सम्बन्ध:

(१) एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नु पर्नेछ ।

(२) एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र विधायनका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्नेछ ।

(३) एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानून बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्नेछ ।

Womui
Womui