अख्तियारका पदाधिकारी मानसिक, शारीरिक रुपमा अस्वस्थ भए पदमुक्त

134

काठमाडौ, भदौ ३०

संविधानको प्रस्तावित मस्यौदाको धारा २३८ को उपधारा ४ मा कांग्रेस, एमाले र एमाओवादीद्धारा दर्ता गराएको संशोधन प्रस्तावमा (ग) पछि घ थप गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी शारीरिक वा मानसिक अस्वस्थ भइ सेवामा कार्यसम्पादन गर्न असमर्थ रहे संबैधानिक परिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरे पदमुक्त हुने व्यवस्था थप गरेका छन्। बुधबारको बैठकमा तीन दलको तर्फबाट कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। त्यसैगरी भ्रष्टाचारको व्याख्यामा अनुचित कार्य गरेमा भन्ने बाक्यांश हटाएको छ। अख्तियारका पदाधिकारीले यो वाक्यांश राख्न दलहरुलाई सुझाव दिएका थिए। तीन दलको संशोधन प्रस्तावमा अन्य संबैधानिक निकायका पदाधिकारीको पदमुक्त हुने दफामा अख्तियारमा राखिएको व्यवस्था कायम गरिएको छ।

Womui
Womui