महेश्वर गहतराज मन्त्री बन्दै

86

नेपालगन्ज– माओवादी केन्द्रले गठबन्धन सरकारमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निणर्य गरेको हो । गहतराजले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लागिसकेको छैन । माओवादीले गहजराजसहित तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निणर्य गरेको हो ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए । माओवादीले भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको छ । माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।

Womui
Womui