विश्वनाथको सम्झनामा अक्षय कोष स्थापना

92
पतिको स्मृतिमा अक्षय कोष स्थापना गरेकी रेशमी अधिकारीलाई राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले दोसल्ला ओढाएर सम्मान गर्दै ।

शम्शेरगन्ज– राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ पेरानी स्थित शिवशक्ति माध्यमिक विद्यालयको अक्षय कोष स्थापना गरिएको छ । व्यवसायी एवम् समाजसेवी विश्वनाथ अधिकारीको स्मृतिमा १ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गरिएको हो । अधिकारीको धर्मपत्नी रेशमी खड्काले उक्त अक्षय कोष स्थापना गरेकी हुन् ।
जेहेन्दार एवम् गरिब विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले उक्त कोष स्थापना गरिएको रेशमीले बताइन् । पैसाकै अभावमा कोही पनि पढ्नबाट वञ्चित नहुन भन्ने उद्देश्यसाथ कोष स्थापना गरिएको बताउँदै रेशमीले कोषलाई सही रुपले प्रयोग गर्न आग्रह गरिन् ।

कोषमा आउने ब्याजबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने छ । १ लाख ५० हजार रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक पुस्कर खड्कालाई रेशमीले हस्तान्तरण गरेकी हुन् ।

Womui
Womui