विद्यार्थीको भविष्य सुनिश्चित नगरे कडा आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी

66

कोहलपुर– कोहलपुरमा अध्ययनरत एक विद्यार्थी ट्रान्सक्रिप्टबाट वञ्चित भएपछि अनेरास्ववियु बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोहलपुरको लक्ष्मी माविमा अध्यनरत आइएसी एजी समूहका विद्यार्थीले विद्यालय र उच्च माध्यमिक शिक्षा परिषदको लापरबाही कारण ट्रान्सक्रिप्ट प्राप्त गर्नबाट वञ्चित भएका थिए ।
संगठनले लक्ष्मी माविका प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीको समस्याको समाधान नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । विद्यार्थी संगठनका नेताहरुले राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा पुगी सूचना अधिकारी भगवान यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।

अनेरास्ववियुका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्ल, अनेरास्ववियू बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेत, अनेरास्ववियु कोहलपुर नगर अध्यक्ष युवराज बुढा, जिल्ला कमिटी सदस्य पवन कार्कीलगायतका विद्यार्थी नेताहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाउँदै प्रदेश अध्यक्ष मल्लले यो समस्यालाई समाधान नगरे अनेरास्ववियूले कडा आन्दोलनको गर्ने जनाएको छ ।

‘कक्षा ११÷१२ गरेर जम्मा १००÷१०० पूर्णाङ्कको नेपाली र अंग्रेजी विषयको पढाइ हुनु पर्नेमा नेपाली विषयको पढाइ नै नहुँदा ट्रान्सक्रिप्ट प्राप्त गर्नबाट वञ्चित भएको पाइएकोले शिक्षा जस्तो पवित्र र विद्यार्थीको भविष्य निर्माण गर्ने ठाउँमा विद्यार्थीको भविष्यलाई अन्धकारको दिशातिर लिएको कुरामा हाम्रो ध्यानाकर्षण भएको छ ।’
अनेरास्ववियु बाँकेका कार्यबाहक अध्यक्ष इद्र बस्नेतले हस्ताक्षर गरेको ज्ञापनपत्रमा, ‘विद्यार्थीको भविष्य नै अन्धकार बनाउने कुकार्यमा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही र विद्यार्थीको भविष्य सुनिश्चितता गर्न अनेरास्ववियू जोडदार माग गर्दछ,’ भनिएको छ ।

Womui
Womui