प्रथम बागेश्वरी कपः हेल्थ विनिफिटनेस र भैरवप्रसाद सेमिफाइनलमा

34

नेपालगन्ज– रोयल नेपालगन्ज फुटबल क्लवले नेपालगञ्ज रंगशालामा आयोजना गरेको क्लवस्तरीय फुटबल प्रतियोगितामा हेल्थ विनिफिटनेस र नेपाली सेनाको भैरवप्रसाद गण सेमिफाइनलमा पुगेका छन् । आयोजक रोयल नेपालगञ्ज फुटबल क्लव र न्यू डाँफे स्पोर्टस क्लव यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
हेल्थ विनिफिटनेसले नवदुर्गा र भैरवप्रसाद गणले साइनिङ स्टारलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् ।

बाइ पाएर एकैपटक क्वाटरफाइनलमा पुगेको हेल्थ विनिफिटनेसले नवदुर्गा युथ क्लवलाई ३–१ गोलले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । हेल्थ विनिफिटनेसले २६ मिनेटमा सनम घर्तिको गोलबाट अग्रता लिएको थियो । ४१ मिनेटमा सनमले नै दोस्रो गोल गरे । विनिफिटनेसका विशाल पाण्डेले ७० मिनेटमा एक गोल गरे । नवदुर्गाका निर्मल चन्दले ७२ मिनेटमा एक गोल गरेका थिए ।

यो खेलमा विनिफिटनेसका सनम घर्ति म्यान अफ म्याच भए । उनलाई नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य श्यामसुन्दर अधिकारीले पुरस्कृत गरे ।
अर्को खेलमा नेपाली सेनाको भैरवप्रसाद गणले साइनिङ स्टार युथ क्लवलाई २–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणले २५ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । अनमोल कार्कीले ७० मिनेटमा गोल गरेर अग्रता बढाएका थिए ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । बुधबार दिउँसो २ बजे पहिलो सेमिफाइनलमा भैरवप्रसाद गण र न्यू डाँफे तथा ४ बजे दोस्रो सेमिफाइनलमा हेल्थ विनिफिटनेस र रोयल नेपालगञ्ज फुटबल क्लवका बीचमा हुनेछ ।

Womui
Womui