भोलिदेखि नेपाल–भारतमा सवारीसाधन ओहरदोहर गर्न पाउने

29

नेपालगन्जः नेपालगन्जको जमुनाह नाकामा भारतीय सवारीमा लगाइएको रोक भोलिदेखि हट्ने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबारदेखि नाका खोल्ने तयारी भए पनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले भोलिदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने बताए ।
यद्यपि नेपाली नम्बर प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने आजैदेखि रुपैडिया जान र आउन भने सुचारु भइसकेको छ । कोरोना प्रभावपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्न लगायतका सामग्री बोक्ने सवारी साधन निर्वाध रुपमा सञ्चालन भएपनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।

यस्तै भारतले पनि नेपाली निजी सन्चालनमा रोक लगाउँदै आएको थियो । यसअघि नाकामा पैदलयात्रुलाई आउजाउ गर्न मात्र दिइएको थियो । भारतीय सुरक्षा बल एसएसवीले पनि नाकामा सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।
गत ११ गते बसेको संघीय मन्त्री परिषद्को बैठकले विभिन्न मापदण्ड पूरा गरेर भारतीय नीजि सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जमुनाह नाका भएर पनि सवारी साधन संचालनको अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

Womui
Womui