प्रथम बागेश्वरी कपः न्यू डाँफे र नवदुर्गा विजयी

65


नेपालगन्ज – नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र नवदुर्गा युथ क्लव विजयी भएका छन् ।
न्यू डाँफेले सिटी युथ क्लव र नवदुर्गाले दंगा प्रहरीलाई पराजित गरेको हो ।

पहिलो खेलमा न्यू डाँफेले सन्देश गुरुङको ह्याट्रिकसहित सिटी युथलाई ५–० गोलले पराजित ग¥यो । एकतर्फी भएको खेलमा न्यू डाँफेले २७ मिनेटमा सन्देशको गोलबाट अग्रता लिएको थियो । ४७ र ८० मिनेटमा गोल थप्दै सन्देशले ह्याट्रिक गरे । न्यू डाँफेका दिपेन्द्रराज सिंहले ५६ र विमल बस्नेतले ६२ मिनेटमा गोल गरेका थिए ।
प्याड नभएका कारण सिटी युथ क्लव शुरुवाती केही समय दश जनामात्रै खेलेका थिए । खेलको अन्तिमतिर फेरि सिटी दश खेलाडीमै सीमित भएको थियो । सिटीका आयुश कर्माचार्य दोहोरो पहेलो कार्ड पाएपछि बाहिरिएका थिए ।

यो खेलमा न्यू डाँफेका सन्देश म्यान अफ द म्याच भए । उनलाई एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झनाले ट्रफी प्रदान गरे ।
अर्को खेलमा नवदुर्गाले दंगा प्रहरीलाई ३–२ गोलले पराजित ग¥यो । दंगा प्रहरीले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । दंगाका शंकर थापाले ४ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा नवदुर्गाका विनोद बुढाथोकीले ६ मिनेटमै गोल फर्काएर टीमलाई बराबरीमा ल्याए । बराबरी गोल फर्काएसँगै नवदुर्गा हावी भएको थियो । नवदुर्गाका प्रेमप्रकाश क्षेत्रीले १२ र नेमा हमालले १५ मिनेटमा गोल गरेका थिए । दंगाका तर्फबाट शंकर थापाले ५५ मिनेटमा अर्को गोल गरे । यो खेलमा नवदुर्गाका विनोद बुढाथोकी म्यान अफ द म्याच भए । उनलाई दंगा प्रहरी गणका एसपी रामप्रकाश शाहले ट्रफी प्रदान गरे ।

असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । सोमबार तीन खेल हुनेछन् । पहिलो खेल विहान ७ बजे नेपाली सेनाको भैरवप्रसाद गण, राँझाविरुद्ध युनाइटेड क्लव, दोस्रो खेल रेसिङ साहराविरुद्ध न्यू डाँफे र तेस्रो खेल रोयल नेपालगञ्ज फुटबल क्लवविरुद्ध धम्बोझी क्लवले खेल्नेछन् ।

फोटो ः

Womui
Womui