नेपाली सेनामा जागिर खान चाहनेका लागि खुसीको खबर

464
नेपालगन्ज, भदौ ३०
nepali sena
नेपाली सेनामा जागिर खान चाहनेका लागि खुसीको खबर जंगी अड्डाले दिएको छ। जंगी अड्डाले सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को जागिर खोलेर सेनामा भर्ती हुन चाहनेलाई खुसीको खबर दिएको हो । जंगी अड्डाले १ सय २० जना अधिकृत क्याडेटको लागि आवेदन मागेको छ । १ सय २० जनामध्ये समावेशीतर्फ महिला ११ जना, आदिवासी तथा जनजातितर्फ १७, मधेसीतर्फ १५, दलिततर्फ ८ र पिछडिएको क्षेत्रबाट ३ जना आरक्षण छुट्याइएको छ भने खुलातर्फ ६६ जनाको सिट राखिएको छ। जागिर खान चाहनेले आजको मितिदेखि असोज २८ गतेसम्म दर्खास्त भर्न सक्ने छन्।
आवेदन दिने स्थानः
१. जंगी अड्डा भद्रकाली
२. सुपरेटार ब्यारेक हेटौंडा
३. निमारे ब्यारेक सुर्खेत
४. इटहरी ब्यारेक सुनसरी
५. विजयपुर व्यारेक पोखरा
६. राजपुर व्यारेक दिपायल ।
योग्यताः
उक्त पदमा आवेदन दिनका लागि प्रमाणपत्र तह वा सो सरह तथा स्नातक तह उत्तीर्ण भएको हुनु पर्ने छ । त्यस्तै पुरुष भए कम्तीमा ५ फिट ३ इन्च र महिला भए ५ फिट अनिवार्य हुनु पर्नेछ। छाती नफुलाउँदा ३२ इन्छ र फुलाउँदा ३४ इन्च हुनु पर्नेछ। पुरुष भए कम्तीमा ५० केजी तौल र महिला भए कम्तीमा ४० केजी हुनुपर्नेछ। कुनै फौजदारी अभियोग नलागेको तथा उमेरको हदमा १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ।
आवेदन दस्तुरः
१ हजार रुपैयाँ ।
Womui
Womui