आम नागरिकलाई असोज ३ गते दीपावली गर्न नेपाली कांग्रेसको आग्रह

55

काठमाडौं, भदौ ३०

nepali-Congressनेपाली कांग्रेसले असोज ३ गते संविधान जारी भएपछि दीपावली गर्न पार्टी संगठन कार्यकर्तालाई निर्देशन दिएको छ । कांग्रेसले एक विज्ञप्ति निकाल्दै जनताले नयाँ संविधान पाउने निश्चित भएकोमा हार्दिक स्वागत गर्दै दीपावली गर्न निर्देशन दिएको हो । विज्ञप्तिमा भिनएको छ, ‘देशले नयाँ संविधान पाउनु आम नेपाली जनताको विजय हो, राष्ट्रको इतिहासमा एकपटक मात्र आउने यो अवसरलाई विजय र खुशीयालीका साथ घर घरमा दीपावली गरी विजयोत्सवको रुपमा मनाउन आम नागरिकमा हार्दिक आहृवान गर्दछ ।’

कांग्रेसले जिल्लाका विभिन्न राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई साथ लिएर सार्वजनिक स्थल तथा कार्यालयमा विभिन्न कार्यक्रमसाथ दीपावली गरी विजयोत्सव मनाउन जिल्ला पार्टी तथा भ्रातृ एवम् शुभेच्छुक संस्थालाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ।

Womui
Womui