बाघले घेरेका तीनको सकुशल उद्धार

45

नेपालगन्ज–बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । उद्धार हुनेमा गाभर निवासी ५६ बर्षीया सेतु ओली, २५ बर्षीया हिरा खड्का, र २४ बर्षीया कालिका खड्का रहेका छन् । उनीहरुलाई निकुञ्जका हात्ती प्रयोग गरी सकुशल उद्धार गरिएको हो ।
भैंसी र बाख्रा चराउन जंगल गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक चारवटा बाघले घेरेका थिए । बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले दिउँसो उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जानकारी दिएका छन् ।
उनीहरुको उद्धारका लागि हात्तीसहित नेपाली सेना परिचालन गरिएको थियो ।

Womui
Womui