संविधान जारी हुने दिन देशभर दीपावली गरौः नेकपा एमाले

97
काठमाडौं, भदौ ३०
UML-Logo-original-300x300नेकपा एमालेले संविधान जारी हुने दिन असोज ३ गतेलाई विशेष दिनको रुपमा मनाउन देशवासीलाई आह्वान गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै असोज ३ गते साँझ दीपावली घर, पार्टी कार्यालय र सार्वजनिक स्थलमा दीपावली गर्न सबै कमिटी र जन वर्गीय संगठन तथा नेता, कार्यकर्ता र जनतामा आह्वान गरेका हुन् ।
 सम्पूर्ण देशवासीलाई विगतको संघर्षको उपलब्धिहरुको रक्षा गर्ने र समाजवाद स्थापनाको प्रस्थान विन्दुको रुपमा संविधान जारी हुने दिनलाई लिन आग्रह गर्दै एमालेले संविधानको स्वागतमा सोमबार संघ सस्था तथा पार्टी र नागरिक समाजसँग मिलेर कार्यक्रम राख्न सबै कमिटीलाई निर्देशन दिएको छ।
विज्ञप्तिमा आम नेपालीहरुको ऐतिहासिक विजयको घोषणा संविधान जारी हुने दिन भएको उल्लेख गर्दै,‘ संविधान निर्माणमा सहयोग गर्ने तमाम शोषित पीडित जनता, मजदूर तथा पेशाकर्मी,  विभिन्न जात–जाति, दलित, उत्पीडित,  उद्यमी–व्यवसायी, बुद्धिजीवी, महिला, युवा, विद्यार्थी, मधेसी, मुस्लिम, थारु तथा सम्पूर्ण अल्पसंख्यक समुदायलगायत विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने  एवम् संविधान  निर्माण प्रक्रियामा महत्पूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल, संविधान सभाका अध्यक्षसहित सबै माननीय सदस्य सबैलाई पार्टी हार्दिक धन्यवाद दिन चाहन्छ ।’
विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ,‘ असोज ४ गते असोज ४ गते विभिन्न संघ–संस्था, पार्टी र नागरिक समाजसँग सहकार्य गरी संयुक्त रुपमा जुलुस, र्‍याली, छलफल, अन्तरक्रिया र गोष्ठीजस्ता स्थानीय विशिष्ठता अनुरुपका रचनात्मक कार्यक्रम आयोजना गर्न सबै स्वदेश तथा प्रवासमा क्रियाशील संगठनहरुलाई निर्देशित गर्दछ ।’ त्यसैगरी राष्ट्रिय उपलब्धिको अवसरमा सार्वजनिक कार्यक्रम आयोजना गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
Womui
Womui