कपडा र विद्युतीय सामान बरामद

104

नेपालगन्ज– बेवारिसे अवस्थामा रहेको कपडा र विद्युतीय सामान (होल्डर)बाँके प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० गणेशमान चोकबाट उक्त सामान प्रहरीले बरामद गरेको हो ।

बरामद सामानको मूल्य करिब अस्सी हजार सात सय रुपैयाँ रहेको बताइएको छ भने उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

Womui
Womui