उइन बाँकेको अठारौं अधिवेसन भोलि हुने

85

बाँके–महिला उद्यमी संघ, नेपाल बाँके (उइन बाँके)को अठारौं वार्षिक साधारण सभा तथा अधिवेशसन बुधबार(भोलि) नेपालगन्जमा हुँदैछ भएको छ । अठारौं अधिवेसन तथा वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने उइन बाँकेका अध्यक्ष निर्मला गौतमले बताइन् । वि.सं.२०६० सालमा स्थापना भएको उइन बाँकेले जिल्लाका महिला उद्यमी व्यवसायीहरुलाई आत्म निर्भर बनाई आफ्नो व्यवसाय संचालन गर्न गरी आर्थिक तथा समाजिक विकास गर्ने उद्देश्य लिई बाँकेमा कार्य गरिरहेको छ ।

आफ्नै वा पारिवारिक वा समूहगत लगानीमा उद्योग तथा व्यापार व्यवसाय संचालन गर्न महिलाहरुलाई प्रोत्साहित गर्नु गराउनु , स्थानीय महिलावर्गले परम्परागत वस्तुको प्रयोग आधुनिक सीप तथा प्रविधिबाट उत्पादन गरेका वस्तुहरु राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय बजारमा समेत पुर्‍याई नेपाल र नेपाली संस्कृति र राष्ट्रियताको पहिचान गराउन मद्दत गर्ने, आफ्नो जिल्लाको विभिन्न भागमा छरिएर रहेका उद्यमी महिलाहरुलाई समन्वयात्मक ढंगबाट समूहमा एकबद्ध गरी एकै परिवेशमा समेटेर आर्थिक सशक्तीकरण गर्न/गराउन आफ्नै संस्थामा समाहित गर्नु गराउनुलगायतका ११ उद्देश्य राखी स्थापना गरिएको उइनका संस्थापक सदस्य, एफउइन महिला उद्यमी महासंघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बीनी प्रदेशका संयोजक सरस्वती शर्मा पराजुलीले जानकारी दिइन् ।

उइन बाँकेमा ६५ महिला उद्यमीहरु आबद्ध रहेका छन् । भोलि हुने अठारौं अधिवेसन तथा वार्षिक साधारण सभाको सम्पूर्ण तयारी भइसकेको उइनका महासचिव रेवती सिंहले जानकारी दिइन् । त्यस्तै उइन बाँकेले महिला उद्यमीको क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान समेत गर्ने भएको छ ।

Womui
Womui