भन्सार छलेर ल्याएको सामान बरामद

185

नेपालगन्ज – बाँके प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । यसरी बरामद भएको सामानको मूल्य ८ लाख रुपैयाँ बराबरको भएको बताइएको छ ।

बरामद सामानमा राखेको मोटरसाइकल तथा गाडीका पाटपुर्जा, कपडा, छातालगायतका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार पत्रकार सम्मेलन गरेर नेपालगन्ज १५ जमुनाहा बस्ने ३२ वर्षका मोनु कवडियाले नेपालगन्ज ७ एमपी स्कुल नजिक एउटा कोठा भाडामा लिएर उक्त सामान राखेको बाँके प्रहरीले जनाएको छ ।

Womui
Womui