फुलबारी टोलद्वारा बाढी पीडितलाई २६ हजार रुपैयाँ सहयोग

136

बाँके– नेपालगंज उपमहानगरपालिका वडा नं.१२ मा रहेको फुलबारी टोलका स्थानीयले सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग रकम पठाएका छन् । फुलबारी टोलका स्थानीयले त्यहाँ रहेका ४० घरधुरी बाढी पीडितलाई २६ हजार ७ सय ६६ रुपैयाँ नेपालगंजस्थित मेगा बैक मार्फत हेलम्वु गप्पा, विपत व्यवस्थापन कोषमा जम्मा गरेका हुन् ।

टोलवासीले जम्मा गरेको रकमबारे जानकारी दिँदै रकम बुझाएको भौचर नेपालगंज उपमहानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदीलाई हस्तान्तरण गरेका छन् । भौचर बुझ्दै वडाको तर्फबाट १० हजार रुपैयाँ सहयोग गरिने प्रतिवद्धता वडा अध्यक्ष सुवेदीले गरेका छन् । फुलबारी टोलका अध्यक्ष रोशन श्रेष्ठले मेलम्ची पनि एउटा फुल हो, नेपालको जुनसुकै कुनामा रहेका नेपालीहरुले दुख पाउँदा आफूहरु निकै चिन्तित भएकाले उक्त सहयोग गरिएको बताए ।

टोल समितिका उपसभापति सुशीला पौडेलले स्वागत गरेको रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा वडा नम्बर १२ का अध्यक्ष बुद्धि सागर सुवेदी, वडा सदस्य दिनेशराज पन्त, टोल समितिका कोषाध्यक्ष धनीराम थापा, नेपाल प्रेस युनियन बाँकेका कोषाध्यक्ष मधु पौडेललगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन समितिका सचिव रविन्द्र हमालले गरेको थिए ।

Womui
Womui