डुडुवा गाउँपालिकाः दुई विधेयक पारित, ६८ करोड बजेट सार्वजनिक

122

७० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

डुडुवा (बाँके)–बाँकेको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८।०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ७० बुंदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

कोभिड १९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण, शाहपुर्वामा १५ शैयाको अस्पताल निर्माण, चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति, अवधी र उर्दू भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गरी मातृभाषाको संरक्षण, हरेक वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नियुक्त गरी घरघरमा सेवा प्रवाह, पर्यटकीय गुरु योजना निर्माण, राप्ती नदीमा भगवान शिवको प्रतिमासहित उद्यान निर्माण, राप्ती नदी र डुडुवा खोलामा ¥याटिङ संचालन, ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न विभिन्न अभियानहरुको निरन्तरता लगायत ७० बुँदे कार्यक्रम तथा योजना प्रस्तुत गरिएको छ ।

यसैगरी गाउँपालिकाको १ नम्बरदेखि ६ नम्बर वडामा क्रमशः सडक विस्तार र स्तरोन्नति, फोहरमैलाको व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरीय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रवद्र्धन घरघरमा भत्ता वितरण, ज्येष्ठ नागरिक एकल महिला, तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहललगायतका कार्यक्रम अध्यक्ष चौधरीले प्रस्तुत गरेका छन् । संघीय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोत अन्तर्गत बजेट विनियोजन गरिएको हो ।
अध्यक्ष चौधरीले सभामा चालु आर्थिक वर्ष २०७७।०७८ को हालसम्मको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रगतिअनुसार केही महत्वपूर्ण कार्यक्रम तथा उपलब्धिमूलक कार्य सम्पन्न गरेको जानकारी दिए ।

सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन ऐन २०७८ र डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७८ प्रस्तुत गरेका थिए । प्रस्तुत दुईवटा विधेयक, नीति, तथा कार्यक्रम र बजेट सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाँ, प्रशुराम बुढाथोकी, मोहनराम मिश्र, सम्पूर्ण वडासदस्य, कार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो ।
सभामा वडाध्यक्षद्वय भण्डारीलाल यादव, मोहनराम मिश्र र वडासदस्य आमोद तिवारीलगायतले विरोध जनाएर सभाबाट बाहिरिए पनि पछि आएर बैठक भत्ता र अन्य सुविधा बुझेका थिए । कोरोना संक्रमण कोभिड १९ को बेला सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर गाउँ सभा बसेको थियो ।

Womui
Womui