डुडुवाको नवौ गाउँसभाको लागि वडास्तरीय योजना छनोट हुँदै

48

डुडुवा–संघ र प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याइसकेपछि अब स्थानीय सरकारले नयाँ बजेटको तयारी गरेका छन् । बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम र बजेटको तयारी तीव्र रूपमा गरिरहेको छ । यही असार १० गते बस्ने डुडुवाको नवौं गाउँसभाले नीति तथा कार्यक्रम र बजेट ल्याउने छ ।

कोभिड–१९ को संक्रमणको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत, वन तथा वातावरण, विकास निर्माणलगायतका विषयलाई प्राथमिकीकरण गरी यस वर्ष केही ठूला र महत्वपूर्ण योजना ल्याउने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । स्थानीय तहमा योजना छनौटका चरण अन्तर्गत अहिले वडास्तरीय योजनाहरु छनौट भइसकेर आउने क्रम जारी छ भने ती योजना आइसकेपछि विषयगत समितिको बैठकबाट योजना पास हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनका अनुसार विषयगत समितिबाट पास भएका योजना तथा कार्यक्रम बजेट तर्जुमा समितिले पास गरी कार्यपालिकाको बैठकमा पेश गर्नेछ । र कार्यपालिकाको बैठकपछि गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

गाउँपालिकाले विगतका वर्षदेखि संचालन गरेको स्वास्थ्य, पशुलगायतका विभिन्न अभियानहरुको निरन्तरता, केही ठूला तथा महत्वपूर्ण योजना र वन ऐनलगायतका केही नया विधेयकहरु नवौं गाउँसभामा प्रस्तुत हुने गरी तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

Womui
Womui