अव्यवस्थित प्रहरी कार्यालय व्यवस्थित गर्ने सपना पूरा हुँदैछ,’–सांसद नमुना

74
प्रहरी कार्यालय भवनका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै सांसद कृष्ण केसी नमुना लगायत ।

‘बाँके–समाजलाई सुरक्षा दिने व्यक्तिहरु नै असुरक्षित बनेपछि समाजमा सोचे अनुसारको सेवा प्रवाह गर्ने अवस्था रहँदैन । यसका लागि भौतिक व्यवस्थापनदेखि जनशक्तिको पाटो बलियो हुनुपर्छ । त्यसपछि मात्र कामको तीब्रता बढ्न सक्छ । हैन भने जोखिमका बीचमा सेवा चाहेर पनि प्रवाह गर्न सकिँदैन । यो कुरालाई नजिकैबाट नियालेकी र कामका क्रममा अनेक चुनौतीसँग पौठेजोरी खेलेकी लुम्बिनी प्रदेशका प्रेदश सभा सदस्य कृष्णा केसी नमुनाको प्रहरी कार्यालय व्यवस्थित गर्ने सपना साकार हुँदै छ । सांसद नमुनाले बाँकेको नरैनापुर क्षेत्रका प्रहरी कार्यालयहरुको भौतिक व्यवस्थापनको पाटोमा चासो दिँदै कामको गति अगाडि बढाएकी छिन् ।

पर्खाल नभएका प्रहरी कार्यालयहरुको पर्खाल निर्माण, टिनले छाएका प्रहरी कार्यालयहरुलाई पक्की बनाउने ,शौचालय निर्माण तथा छलफलका लागि गोल घर बनाउने कार्यालयहरुको अवस्था अवलोकन गरी काम गरिरहेकी छिन । यसैबीच सांसद कृष्णा केसी नमुनाले निकै चुनौतीका बीच आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट ३ करोड ९ लाख ९५ हजार ५ सय ५७ रुपैयाँ बजेट स्वीकृत भएपछि अब बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित मटैहियामा इलाका प्रहरी कार्यालय भगवानपुरको ३ तले भवन बन्ने भएको छ । सांसद नमुनाले पहल थाल्दा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी थिए । शनिबार शिलान्यास भएको यो भवन एक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने सांसद नमुनाले बताइन् ।

भवन शिलन्यास गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम राना ।

यसैबीच इलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिबार एक समारोहबीच शिलान्यास भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्लायका बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले उक्त भवनको शिलान्यास गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले इलाका प्रशासन कार्यालयलाई पनि नरैनापुरमै ल्याइने बताए । भवन अभावमा प्रहरीलाई काम गर्न समस्या परिरहेको बेला बन्न थालेको भवन निर्माणका लागि सहयोग र समर्थन गर्नेलाई बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले आभार व्यक्त गरेका छन् ।

श्रीओम बुद्ध/वाइएस जेभी निर्माण कम्पनीले भवन निर्माणको ठेक्का लिएको छ । हालको स्थानबाट करिब २ किलोमिटर उत्तरमा बन्न लागेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख बसन्त गौतमले बताए । उनले गाउँपालिकाले बनाइदिएको एक तले भवन र टिनको छानो लगाएको भवनबाट सेवा प्रवाह गर्न असहज भएकोमा अब सजिलो हुने बताए ।

Womui
Womui