राप्तीसोनारीमा शैक्षिक गुणस्तर सुधार्न सुझाव संकलन

296

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिकामा गुणस्तरीय शिक्षाका लागि सुझाव संकलन गरिएको छ । शुक्रबार गाउँपालिका रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरुसँग शैक्षिक सुधारका लागि छलफल गरेर सुझाव संकलन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।

सुझाव संकलनका क्रममा गाउँपालिका रहेका विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन गर्ने, शैक्षिक सामग्री निर्माण तथा प्रयोगमा गाउँपालिकाले सपोर्ट गर्नेलगायतका सुझाव संकलन भएको प्रमुख न्यौपानेले बताए । त्यस्तै विषयगत शिक्षक व्यवस्थापन, एक विद्यालयका दक्ष विषयगत शिक्षक अर्को विद्यालयमा गएर नमुना कक्षा संचालन गर्नेलगायतका सुझाव संकलन भएको उनले बताए ।

राप्ती सोनारी गाउँपालिका `गाउँ शिक्षा योजना´ निर्माणका लागि आयोजना गरिएको सुझाव संकलन कार्यशालामा शिक्षा शाखाले दिएको ड्राफ्टमा भएका कुराबाहेक गाउँपालिकामा कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्दै सहभागीले थप सल्लाह सुझाव दिएका थिए ।

तस्बिरः राप्तीसोनारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेको फेसबुकबाट ।

Womui
Womui