नेपालले नयाँ संविधान पाउनेमा अमेरिका र भारतद्वारा खुसी व्यक्त

26
काठमाडौं, भदौ २९
अमेरिका र भारतले सोमबार राति विज्ञप्ति जारी गर्दै नेपालमा बन्ने नयाँ संविधानबारे खुसी व्यक्त गरेका छन् । संविधान सभाबाट हासिल भएको संविधान निर्माण प्रक्रियाको प्रगति र प्रश‌ंसा गर्दै दुई देशले खुसी व्यक्त गरेका हुन् ।
सोमबार राति जारी अमेरिकाले जारी गरेको विज्ञप्तिमा संविधानमा सकेसम्म धेरैको समर्थन हुनुपर्ने र यसले लैङ्गिक समानता र मौलिक आधारभूत स्वतन्त्रताका हकहरु समेट्नुपर्ने उल्लेख गरेको छ। तराईमा भइरहेको हिंसाको नाम नलिइकनै अमेरिकाले भनेको छ, ‘हामी सबै नागरिकलाई शान्तिपूर्ण र अहिंसात्मक हिसाबले आफ्ना कुरा राख्न र सुरक्षाकर्मीलाई संयम अपनाउन अनुरोध गर्छौं ।’
त्यस्तै  ‘भारतले सधैँ नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ’, भारतीय विदेश मन्त्रालयले पनि सोमबारै राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई देशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी छौं, जसले नकारात्मक परिणामहरु समेत दिएका छन्।’ विज्ञप्तिमा भनिएको छ,  संघर्षका नाउँमा ‘नेपाली नागरिक होस् वा सरकारी कर्मचारी सबै घटनामा बगेको रगत नेपालीकै हो ।’
Womui
Womui