४५ वर्ष उमेर नकटेका व्यक्ति राष्ट्रपति बन्न नपाउने

119

संविधानको परिमार्जित धारा ६४ मा राष्ट्रपतिको योग्यतामा कम्तिमा ४५ वर्ष पूरा भएको व्यक्ति राष्ट्रिपतिका लागि योग्य हुने आजको संविधानसभा बैठकले पारित गरेको छ।

धारा ६४ मा उल्लेख भएको व्यवस्थाः

(१) देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका लागि योग्य हुनेछ : –

(क) संघीय संसदको सदस्य हुन योग्य भएको,

(ख) कम्तीमा पैंतालिस वर्ष उमेर पूरा भएको, र

(ग) कुनै कानूनले अयोग्य नभएको।

(२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।

Womui
Womui