लागूपदार्थ सेवनविरुद्ध वृत्तचित्र प्रदर्शन

143

बैतडी, भदौ २९

cigreetsलागूपदार्थको सेवन न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले आज जगन्नाथ बहुमुखी क्याम्पसमा वृत्तचित्र प्रदर्शन गरेको छ । लागूपदार्थको सेवनबाट धेरै नागरिककको जीवन वर्वाद भइरहेको र सवारी दुर्घटनाबाट धेरैले ज्यान गुमाइरहेको सन्दर्भमा सचेतना फैलाउने उद्देश्यले वृत्रचित्र प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक राम नाथले जानकारी दिए । वृत्तचित्र प्रदर्शनी कार्यक्रममा व्यापारी, यातायात व्यवसायी, विद्यार्थी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । वृत्तचित्र प्रदर्शनी कार्यक्रमपछि सहभागीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले लागूपदार्थको सेवनले समाजमा विकृति निम्त्याउने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै सोही कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलले समाजमा रहेका विकृति विसंगति हटाउन नेपाल प्रहरी सक्रिय रहेको र यसमा नागरिकको सहयोग पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । नागरिक र प्रहरी मिलेमात्रै समाजमा आपराधिक क्रियाकलापमा कमी आउने उनले बताए ।

Womui
Womui