नेपालगन्ज– हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मी माथि हातपात गरेका छन् । कोरोना संक्रमित श्रीमतीको उपचारमा लापरबाही गरेको भन्दै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको स्थानीय उब्जन बमले बताए । शिक्षक रोकायले स्वास्थ्यकर्मी बुढाको कोठामै आएर आक्रमण गरेका थिए ।
शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि हातपात गर्नुका साथै शरीरमा सेनिटाइजर छर्केर आगो लगाउने प्रयास गरेको बताइएको छ ।