शिवालय

364

नरैनापुर १ सुईयागाउँमा अवस्थित शिवालय यहाँको ऐतिहासिक धार्मिक स्थल हो  । बाक्लो मुस्लिम समुदायको बसोबास रहेको यहाँ शिवालयको महत्व विशेष रहेको छ । सन् १९७७ मा स्थानीय तीर्थराज गोसाईले यो शिवालय बनाएको बताइन्छ । शिवालय प्यारोडा शैलीमा निर्माण गरिएको छ । जसको उचाइ ५० फिट रहेको छ । गाउँको बीचमा रहेको शिवालयको भित्र शिवशंकरको मूर्ति रहेको छ । बाहिरी शिवालयमा हनुमान, विभिन्न फुल र दे वताहरूका कलात्मक मुर्तिहरू कुदिएका छन् । नजिकै पुरानो कुँवा रहेको छ । यहाँ दैनिक बिहान र साँझ शिवशंकरको पूजा गरिन्छ । शिवालयमा त्रिशुलहरू निर्माण गरिएका छन् । यसको नजिकै कालिका मन्दिर समेत रहेको छ । दशैर शिवरात्रिको समयमा यहाँ दर्शन गर्न आउने नेपाली र भारतीय नागरिकको भीड लाग्ने गर्छ ।

नरैनापुर पर्यटन दर्पणबाट

Womui
Womui