नेपाल कोरोनाको चौंथो लहरसम्म आउन सक्छः स्वास्थ्य मन्त्रालय

299

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर पनि नेपाल आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले कोरोनाभाइरस संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै सबै अस्पतालहरूलाई कम्तिमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशन दिएको छ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणको दोस्रो लहरजस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई शय्या छुट्याउन भनेको हो।

मन्त्रालयले कोरोनाको पहिलो लहर नियन्त्रणउन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको पनि उल्लेख गरेको छ। दोस्रो लहर पनि नियन्त्रणमै रहेको दाबी मन्त्रालयको छ। तर अब तेस्रो र चौथो लहर आउन सक्ने भएकोले पूर्वतयारी गर्नुपर्ने मन्त्रालयले बताएको हो।

Womui
Womui