मानिसलाई घर बाहिर निस्कनै नदिनूः गृह

103

नेपालगन्ज–गृह मन्त्रालयले मानिसहरुलाई घर बाहिर निस्कन नदिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीन वटै सुरक्षा निकायलाई परिपत्र गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई शनिबार मन्त्रालयमा बोलाएर गृहसचिव महेश्वर न्यौपानेले जारी निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।
सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए लगत्तै गृहले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै पनि हालतमा मानिसलाई घरबाहिर निस्कन नदिन निर्देशन दिँदै परिपत्र गरेको हो । गृहका प्रवक्ता जनकराज दाहालका अनुसार आज मन्त्रालयमा निषेधाज्ञाको हालसम्मको समीक्षा गर्दै थप प्रभावकारी बनाउन सचिवले निर्देशन दिएका हुन् ।

Womui
Womui