अमेरिकाबाट पहिलो चरणको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

180

काठमाडौं– अमेरिकाबाट स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । अमेरिकी सरकारले कोरोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा स्वास्थ्य सामग्री प्रदान गरेको हो । शनिबार नेपाल ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेसशिल्ड, सय वटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेका छन् । ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।

पहिलो चार्टर्ड विमानले स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं आउने छन् ।

Womui
Womui