यस वर्षको बजेट अध्यादेशमार्फत् आउने

211

काठमाडौं–आगामी आर्थिक ७८/७९ को बजेट अध्यादेशबाट आउने भएको छ । सरकारको सिफारिसमा  राष्ट्रपतिले संसद बिघटन गरेसँगै बजेट अध्यादेशबाट आउने भएको हो । जेठ १५ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाले गर्दा अध्यादेशबाट नै बजेट ल्याउनु पर्ने बाध्यता आई  परेको हो । त्यस्तै नीति तथा कार्यक्रम पनि अध्यादेशबाट नै आउने छ । 

मन्त्रिपरिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोकेसँगै प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मंसिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचन हुनेछ   ।

संसद नभएकोले अध्यादेशबाट बजेट आउने भएको हो । यस अघि आर्थिक वर्ष ७०/७१ को बजेट पनि अध्यादेशबाट ल्याइएको थियो । त्यतिबेला पनि संविधान बनाउन नसकी संविधानसभा बिघटन भएको थियो । तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउन चुनावी मन्त्रिपरिषद् गठन भएको थियो । पूर्व सचिव शंकर कोइराला अर्थमन्त्री थिए । राम वरण यादव राष्ट्रपति थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले बजेट अध्यादेशलाई स्वीकृति दिएका थिए ।  

Womui
Womui