स्थानीय तहको योजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल संवाद

152

नेपालगन्ज–स्थानीय तहले गर्ने योजना तर्जुमा प्रक्रियालाई अर्थपूर्ण सहभागिता गराई योजना कार्यन्वयन प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा नागरिकहरुले जोड दिएका छन् । स्थानीय तहले योजना छनौट गर्दा लक्षित समूहका सवाल पहिचान गरी त्यसका आधारमा योजना तयार गरी कार्यान्वयन गर्नपर्ने सुझाव दिएका थिए ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बिहीबार गरेको स्थानीय तहको योजना तर्जुमा प्रकृया र नागरिक सहभागिता विषयक भर्चुअल बैठकका सहभागीले यस्तो बताएका थिए । योजना तर्जुमा प्रक्रियालाई पूर्ण रूपमा कार्यन्वयन गरी तोकिएको समयमै स्थानीय तहहरुले गर्नुपर्ने र समुदायस्तरका दीर्घकालीन तथा प्रभावकारी योजना संचालन गर्ने र पछाडि पारिएका तथा अन्य लक्षित समुदायको सवाललाई विशेष प्राथमिकतामा राख्नुपर्ने सहभागीले सुझाव दिएका थिए ।

कार्यक्रममा स्थानीयस्तरको योजना तर्जुमा प्रकृया र सो प्रकृयामा नागरिक समाजको भूमिकाका विषयमा एफएचआइका सुशासन सल्लाहकार प्रनभ भटराई, योजना तर्जुमा प्रकृयामा सिमान्तकृत, विपन्न, महिला, अपांगता र पछाडि पारिएका समुदायको सहभागिता सुनिश्चिततामा नागरिक समाज र स्थानीय तहको भूमिकाका विषयमा एफएचआइका भोला भट्टराई र सम्झना कक्षपति र योजना तर्जुमामा मानवअधिकारमुखी दृष्टिकोणका बारेमा सन्तोष सिग्देलले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा डुडुवा गाउँपालिकाका जनप्रतिनिधि, र कर्मचारी, नागरिक समाजका अगुवा, लक्षित समूहलगायतको सहभागिता रहेको थियो ।

Womui
Womui