अवधी भाषी पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने

105

नेपालगन्ज– कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले चौतर्फी असर पारेको छ । कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटि¬का लागि अवधी पत्रकार संघ नेपालले स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । बाँके जिल्लामा सक्रिय रूपमा कार्यरत अवधी भाषी पत्रकारहरुलाई संक्रमणको जोखिमबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन स्वास्थ्य सामाग्री वितरण गर्न लागिएको हो ।

पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्न नेपालगन्ज हेल्थ क्याम्पसले बिहीबार मास्क तथा हेण्ड सेनीटाइजर हस्तान्तरण गरेको छ । क्याम्पसका अध्यक्ष तथा पूर्व सभासद मैकुलाल बाल्मिकीले संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई ५०० थान सर्जिकल मास्क र ४ दर्जन हेण्ड सेनीटाइजर हस्तान्तरण गरेका छन् ।
त्यस अवसरमा क्याम्पसका सञ्चालक प्रभाकर मिश्र, नेपालगन्ज वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, महाधिवेशन प्रतिनिधि निजामुद्दिन अन्सारी, संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, केन्द्रीय महासचिव गुरुमुरत यादव, बाँके जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले कोभिड महामारीले पारेको प्रभाव तथा अपनाउनुपर्ने सावधानका बारेमा बोलेका थिए ।

यसैबीच नेपालगन्जका युवा अगुवा रासिद कुरैसीले पनि केही स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोभिड संक्रमणको जोखिमबाट बच्न तथा सावधानी अपनाउनका लागि सुरक्षित स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

प्राप्त स्वास्थ्य सामाग्री संघमा आबद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत सक्रिय पत्रकारहरुलाई उपलब्ध गराइनेछ । आगामी शनिबार संघको कार्यालय फुल्टेक्राबाट उक्त सामाग्री पत्रकारहरुलाई वितरण गरिनेछ । अहिलेको विष्मपरिस्थितिमा पत्रकारहरुले आफ्नो जीउ ज्यानकोे समेत सुरक्षा नगरी रिपोटिङमा खटिने पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको सहयोगी निकायले बताएका छन् ।

Womui
Womui