चार जिल्लामा मगर समुदायको शक्ति प्रदर्शन

44

रोल्पा, भदौ २८–
मगरात प्रदेशको माग गर्दै मगर समुदायले आज चार जिल्लामा शक्ति प्रर्दशन गर्ने भएका छन् । विभिन्न पार्टीमा आवद्ध मगरहरुले प्रदर्शनको तयारी गरेका हुन् । संयुक्त मगराँत संघर्ष समितिको अगुवाईमा आज सोमबार रोल्पा, पाल्पा, बाग्लुङ र तनहुँमा वृहत्त शक्ति प्रदर्शन गर्न लागेको समितिले जनाएको छ ।

रोल्पाको लिबाङ, पाल्पाको तानसेन, बाग्लुङ र तनहुँको दमौलीमा बृहत प्रर्दशन गर्न लागिएको जनाइएको छ । उनीहरुले मगर बाहुल्यता रहेको मुलुकका १८ जिल्ला समेटिएको अखण्ड मगरात क्षेत्र कायम गर्नुपर्ने माग अघि सारेका छन् । रोल्पा, अर्घाखाँची, पाल्पा, तनहुँ, गुल्मी,रुकुम, प्युठान, सल्यान, म्याग्दी, बाग्लुङ् लगायतका जिल्लालाई विभाजन गरे संविधान नमान्ने समितिको चेतावनी छ ।

Womui
Womui