आन्दोलनकारीले स्कूल बसमा आगो लगाए

32

नवलपरासी, भदौ २८–
आन्दोलनकारी समुहले नवलपरासी जिल्लाको परासीमा विद्यालय बसमा आगजनी गरेको छ । आइतबार राति १ बजेतिर परासीको लिटल एन्जल्स उच्च माध्यमिक विद्यालयको लु १ क ९५६ नम्बरको बसमा आगजनी गरेका हुन् । आन्दोलनकारीले परासी क्षेत्रमा बिहान विद्यालय खोल्न र साँझ बजार खोल्न सहमती जनाएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

एक महिनादेखि बन्दले रोकिराखेको बस विद्यालय खुलेपछि आन्दोलनकारीसँग अनुमति लिएर सञ्चालनमा थियो । तर आन्दोलनकारीको अर्को समूहले बसमा आगजनी गरेको हो । बेलासपुरबाट आएको बसलाई दुई जना समुहमा आएका आन्दोलनकारीले रामग्राम नगरपालिका वडा नम्बर ४ मा जलाइदिएको विद्यालयका प्रिन्सिपल सुमनगोपाल आचार्यले जानकारी दिए । आन्दोलनकारीहरु समुह आज बिहान पुनः विद्यालय बन्द गराउंदै हिडेको छ ।

Womui
Womui